ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल अनियन्त्रीत भएर पल्टीदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ। सोही दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नविन न्यौपाने रहेका छन्।
गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा सानेपा स्थित स्टार अस्पतालमा राती सवा २ बजे मृत्यु भएको हो।
दुर्घटनामा घाइते हुनेमा तनँहुको आबु खैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान सुमन कुमार सिंह रहेका छन्।उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
न्यौपाने र सिंह सवार रहेको बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल गएराती सवा १ बजे नियन्त्रण गुमाएर पल्टीएको थियो।