'षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार' बुढाथोकी र साहलाई प्रदान गरिने

Breaknlinks
Breaknlinks

नेपाल पत्रकार महासंघ मोरङ शाखाले ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०७८’ टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीलाई प्रदान गर्ने निर्णय गरिएको छ।

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा बुढाथोकीलाई उक्त पुरस्कार दिन लागेको हो।

सो पुरस्कार आगामी चैत १६ गते विराटनगरमा वितरण गरिने कार्यक्रम रहेको छ।

पुरस्कारको राशी ५० हजार ५१ रुपैयाँ रहेको छ। सो पुरस्कार यसअघि धर्मेन्द्र झा, शिव गाउँले, तारानाथ दाहाल र विनय कसजूलाई प्रदान गरिएको थियो।

त्यसैगरी षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७८ कान्तिपुर दैनिकका मोरङ सम्वाददाता देवनारायण साहलाई प्रदान गर्ने निर्णय गरिएको छ।

सो पुरस्कारको राशी १५ हजार १५ रहेको छ। सो पुरस्कारबाट यसअघि मोहन काजी, गणेश लम्साल र राजु श्रेष्ठ पुरस्कृत भएका थिए।

कार्यसमितिको आज विराटनगरमा बसेको सातौं बैठकले दुवै पुरस्कारको निर्णय गरेको महासंघका अध्यक्ष संजीव खनालले बताएका छन्।

स्थापना दिवसको अवसरमा मोरङ शाखाले निर्माण गरेको वेभसाईडको पनि सुभारम्भ गरिने भएको छ। त्यसैगरी चैत १७ गते विराटनगरमा मोरङका सञ्चारकर्मीको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2022-03-26 13:45:00

प्रतिकृया दिनुहोस्