कांग्रेस बैठक सकियो, आइतबार फेरि बस्ने

File Photo
File Photo

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सकिएको छ। शुक्रबार अपराह्न पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो। बैठक आइतबार पनि बस्ने नेताहरुले जनाएका छन्।आजको बैठकमा प्रदेश समितिका पदाधिकारीहरुले निर्वाचन र गठबन्धन लगायका विषयमा ब्रिफिङ गरेका छन्। 

शुक्रबारको बैठकमा प्रदेश १, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश समिति सभापतिहरुले स्थानीय तहको निर्वाचन र पार्टीको अवस्थाका बारेमा ब्रिफिङ गरेका हुन्।

प्रकाशित मिति: : 2022-03-25 18:43:00

प्रतिकृया दिनुहोस्