जारी छ नेपाललाई अमेरिकी सहयोग, आइपुग्यो कोरोनाबिरुद्धको ७,६६,३५० डोज खोप

अमेरिकाले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको सात लाख ६६ हजार तीन सय ५० डोज कोरोनाबिरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ। यो जानकारी काठमाडौंस्थित अमेरिकी दूताबासले दिएको हो।

दूताबासका अनुसार थप डोज खोप पनि आउने क्रममा रहेको छ।

यो डोजसँगै नेपालले अहिलेसम्ममा एकतीस लाख डोज खोप प्राप्त गरिसकेको छ। यसअघि गत डिसेम्बरमा अमेरिकी सरकारले ६ लाख ६४ हजार ५६० डोज र अक्टोबरको अन्तिम साता एक लाख ६२० मात्रा फाइजर खोप उपलब्ध गराएको थियो।

नेपालले यो खोप कोभ्याक्स कार्यक्रमअन्तर्ग प्राप्त गरेको हो। 

प्रकाशित मिति: : 2022-03-25 18:05:00

प्रतिकृया दिनुहोस्