दाङमा जिप र मोटरसाइकल ठोक्किदा २ जना घाइते

दाङमा पिकअप जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा २ जना घाइते भएका छन् ।

लमही नगरपालिका वडा नं. ७ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा. ३ प ७५५९ नं को मोटरसाइकल र पूर्वतर्फ जाँदै गरेको ग २ च२६६३ नंको जिप एकआपसमा ठोकिएका हुन ।

जिप र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । घाइते हुनेमो मोटरसाइकल चालक लमही नगरपालिका ८ सतबरियाका ३० वर्षिय डम्बर वली र मोटरसाइकलमा सवार सोही ठाउँका वर्ष २२ का शंकर वली घाइते भएका छन् ।

घाइते दुबै जनाको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घाइतेहरुको अवस्था मध्यम रहेको छ । दुर्घटना आज शुक्रबार दिउँसो सवा १ बजे भएको हो । जिप र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: : 2022-03-25 15:52:00

प्रतिकृया दिनुहोस्