रौतहटमा सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

File photo
File photo

पुर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा बिहीबार राति नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा पैदलयात्री अन्दाजी ६० वर्षिय पुरुष रहेका छन् । उनको उपचारको क्रममा निजगढ समुदायिक अस्पतालमा आज बिहान पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।मृतकको सनाखत हुन बाँकी रहेको छ। 

गएराती पौने १ बजे नम्बर नखुलेको सवारी साधनले उनलाई ठक्कर दिई फरार भएको हो। 

दुर्घटना गराई फरार रहेको सवारी साधन र चालकको खोजिकार्य भैरहेकोे ईलाका प्रहरी कार्यालय चपुर रौतहटले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2022-03-25 12:12:00

प्रतिकृया दिनुहोस्