सर्लाहीमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु, चालक फरार 

Symbolic photo
Symbolic photo

सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साह रहेका छन्।

घाइते बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा बेलुकी साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश २– ०३ ००१ त २४३९ नम्बरको ट्याक्टरले हिजो साँझ सवा ६ बजे घर अगाडि खेल्ने क्रममा बालकलाई  ठक्कर दिएको थियो।

ठक्कर पश्चात चालक फरार रहेकाले खोजी भईरहेको प्रहरी चौकी नारायणपुर सर्लाहीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2022-03-25 11:44:00

प्रतिकृया दिनुहोस्