फेरि लेटाङकै शिक्षा विकास माविकी एक छात्रा मृत फेला

File Photo
File Photo

झुन्डिएको अवस्थामा लेटाङ शिक्षा विकास मा.वि.मा अध्ययनरत एक छात्रा मृत फेला परेकी छन्। लेटाङ नगरपालिका- ६ कि १७ वर्षीया किशोरी सुनिता वाइबा तामाङ आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएकाे छ।

उनी लेटाङ- ५ मा रहेको शिक्षा विकास मा.वि.मा कक्षा ११ मा अध्ययनरत थिइन्। घटनास्थलमा अहिले लेटाङ प्रहरीले आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टम लागि पठाउने तयारी गरिरहेको बताइएको छ।

केही दिनअघी सोही विद्यालयका एक शिक्षकले सोही विद्यालयकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरु भएको लफडाले उग्र रूप लिँदा एक महिला प्रहरी जवानको ज्यानै समेत गएको थियो।

प्रकाशित मिति: : 2022-03-25 09:51:00

प्रतिकृया दिनुहोस्