यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना

फाइल तस्विर
फाइल तस्विर

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली छ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

शनिबार पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मिति: : 2022-03-25 06:52:00

प्रतिकृया दिनुहोस्