दाङमा लागूऔषधसहित होटेलबाट ३ जना पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका वडा नं .१५ जिल्ला अदालत नजिक रहेको एक होटेलबाट तीन जना युवक पक्राउ परेका हुन।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ बस्ने २८ वर्षीय विक्रम चौधरी , १७ बस्ने २५ वर्षीय सुनिल वि।क। र १४ बस्ने २१ वर्षीय सुनिल ऐरी रहेका छन्।
होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधवार साँझ पौने ७ बजे पक्राउ गरेको हो।
पक्राउ परेका तीन जनाको साथबाट १ ग्राम ५१० मिलिग्राम लागूऔषध गैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए।
उनले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको बताए।