रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ मा बिहीबार मोटरसाइकल र स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्कुटर चालक गुल्मीको धुर्कोट गाउँपालिका घर भइ हाल बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने २३ वर्षीय मनोज थापा छन्।
लु ३८ प ४१४४ नम्बरको स्कुटर र लु ७० प ६०१६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा ना १ क ४१४६ नम्बरको क्याम्पस बसमा स्कुटर ठोक्किन पुगेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
सवारी साधन सहित मोटरसाइकल र बस चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ।