बाँकेमा प्लाष्टिकभित्र एक जनाको शव फेला परेको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० राझा, विमानस्थलको पूर्वपट्टी शव फेला परहेको हो।
बिहीबार(आज) बिहान ७ बजे विमानस्थलको पूर्वपट्टीको खेतमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
शवको परिचय भने खुलेको छैन। शवमा चोटपटक पनि नदेखिएको बाँके प्रहरीका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए।
'शवमा चोटपटक देखिँदैन। घाँटीमा अलिअलि निलडाम पनि देखिन्छ,' उनले भने, 'शंकास्पद रहेकाले अनुसन्धान भइरहेको छ।'
शवको पोष्टमार्टमपछि थप जानकारी खुल्ने डिएसपी न्यौपानेले बताए।