सातदोबाटो-चापागाउँ सडकखण्ड बिहान ११ देखि अपरान्ह ४ बजेसम्म बन्द हुने

ललितपुरको सातदोबाटो–चापागाउँ सडकखण्ड बिहान ११ देखि अपरान्ह ४ बजेसम्म सडक बन्द हुने भएको छ।

सडक मर्मतको माग राख्दै स्थानीयले विगत दुई दिनदेखि उक्त सडक अवरुद्ध गर्दै आएका थिए।

सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरु अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।  
 

प्रकाशित मिति: : 2022-03-24 13:06:00

प्रतिकृया दिनुहोस्