पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पाँच हजार ३७६ मा कोरोना परीक्षण गर्दा ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४५३ रहेका छन्।
पछिल्लो समय २६९ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख ६३ हजार ५९२ पुगेको छ। यो दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन। मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर र काठमाडौँ रहेका छन्।
शून्य सङ्क्रमित भएको नौ जिल्ला धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, बाजुरा, डोल्पा, हुम्ला र जुम्ला छन्। नेपालमा सङ्क्रमण दर १७.७ प्रतिशत छ।
हाल होमआइसोलेशनमा दुई हजार ४०९, संस्थागत आइसोलेशनमा ४४, आइसियुमा २१ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा ९७ हजार ३०६ जनाले खोप लगाएका छन्।