विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका अमेरिकी पुरुष डा. डेभिड बेनेटको मृत्यु भएको छ।
५७ वर्षीय बेनेटको गएको मंगलबार युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा मृत्यु भएको अस्पतालले जनाएको छ। चिकित्सकहरुले उनको मृत्युको कारण नखुलाए पनि केही दिनदेखि उनको स्वास्थ ठिक नभएको बताएका छन्।
मानव अंग प्रत्यारोपणमा अनुसन्धान गरिरहेका युनिभर्सिटी अफ मेरिल्याण्डका चिकित्सकहरुले गएको जनवरी ७ मा बेनेटको शरीरमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरेका थिए।
चिकित्सकहरुले अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायको स्वीकृतिमा बेनेटको जीवन बचाउने अन्तिम उपायको रूपमा उक्त प्रत्यारोपण गरिएको बताएका थिए।