आज ११२औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दाङको तुलसीपुर लगायत देशैभर विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाइएको छ। दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकाले पनि मंगलबार ११२ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ।
श्रमिक महिलाको मुल्यांकन गर्दै यस वर्ष तुलसीपुरमा अटो चलाउने अटो चालक महिलालाई सम्मान गरेको छ । दिवसको अवसरमा उपमहानगरले तुलसीपुरमा अटो चलाउने नौं जना महिलालाई सम्मान गरेको छ। सम्मानित हुनेमा निमा विक, टंकी नेपाली, पुष्पा श्रेष्ठ, शारदा खड्का, पुष्पा योगी, मिना छन्त्याल, बिमला अधिकारी, दुरुपता विक, बिमला विक सम्मानित भएका छन्।
आफूहरुको मेहनतलाई मुल्यांकन गरेर सम्मान गरेकोमा अटो चालक महिलाहरु निकै खुशी भएका छन्। उनीहरुले पाएको त्यो सम्मानपत्र आफू सुत्ने कोठामा सबैले देख्ने गरी भित्तामा टाँस्ने समेत बताए। तुलसीपुरले आफ्नो कामको मुल्यांकन गरेर सम्मान गरेकोमा थप काम गर्न उत्साह, हौसला थपेको अटो चालक महिलाहरुले बताए।
त्यस्तै कार्यक्रममा महिला हिंसाविरुद्धका नाटक, कविता, नृत्य लगाएत प्रस्तुत गरिएको थियो । कार्यक्रम तुलसीपुर उपमहागरपालिका सामाजिक विकास समितीका संयोजक कुमार लामिछानेको अध्यक्ष, नगर उपप्रमुख माया आर्चायको प्रमुख आथित्यता तथा प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो।
कार्यक्रमको आयोजना तुलसीपुर उपमहानगरपालिकाले गरेको थियो भने यसलाई सहयोग विभिन्न गैरसरकारी संघसंस्थाहरुले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य तुलसीपुर न्यायिक समिती सदस्य यमुना परियारले गरेकी थिइन् भने कार्यक्रमको सहजिकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले गरेकी थिइन्।