करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु

Symbolic photo
Symbolic photo

करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर–९ का ३४ वर्षीय रतन कोइरालाको करेन्ट  लागेर मृत्यु भएको हो।

कर्णाली प्रदेश प्रहरीका अनुसार वीरेन्द्रनगर–१० का अमन उल्ला अन्सारीको घरमा टायल लगाउने क्रममा सोमबार दिउँसो साढे ३ बजेतिर कोइरालालाई करेन्ट लागेको थियो।

अन्सारीको घरको छतबाट भर्‍याङ्ग भुइँमा झार्दै गर्दा बिजुलीको तारमा छाेएर करेन्ट लागेको प्रहरीले जनाएको छ। उनकाे देउती नर्सिङ होम उपचारको क्रममा सोमबार साँझ ७ बजे मृत्यु भएको हाे। 

प्रकाशित मिति: : 2022-03-08 15:14:00

प्रतिकृया दिनुहोस्