प्रगतिशील पत्रकार संघ गुल्मीको जिल्ला भेला सम्पन्न भएको छ। प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य शंकर प्रसाद पोख्रेलको आतिथ्यतामा गुल्मी जिल्लाको कालीगण्डकीमा गाउँपालिकाको पुर्तिघाटमा भेला सम्पन्न भएको हो।
भेलाले अध्यक्षमा हरि न्यौपानेलाई चयन गरेको छ भने उपाध्यक्षमा शंकर प्रसाद पोख्रेल, सचिवमा हरि कुमार केसि, सह सचिवमा अस्मिता पुन, कोषाध्यक्षमा लेखान्त पुन र सदस्यहरुमा चन्द्र पुन, लिला कुँवर, गंगा पुलामी, ओम श्रीस, हरि पुन र अर्जुन न्यौपाने रहनुभएको छ ।
नयाँ कार्य समितिको नाम राष्ट्रिय जनमोर्चाका नेता छबिलाल सर्तुङ्गिले घोषणा गरेका हुन्।