कपिलवस्तुमा ट्रकमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

File photo
File photo

कपिलवस्तुको वाणगंगा नगरपालिका–२ पिपराचोकमा सोमबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकल चालक बुद्धभुमी नगरपालिका–८ डुमराका ४० वर्षीय गणेश आचार्य रहेका छन्।दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित एडभान्स सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार राति ११ बजे चेकपोष्ट नजिकै रोकेर ईन्ट्री गर्दै गरेको सुदर पश्चिम प्रदेश ०१–००१ ख २९५६ नम्बरको ट्रकमा लु ७८ प ९६६१ नम्बरको मोटरसाइकल ठोकिएको थियो। 

ट्रक सहित चालकलाई ईलाका प्रहरी कार्यालय िटपराले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2022-03-08 13:20:00

प्रतिकृया दिनुहोस्