नेपाल बार एसोसिएसनको २०७८ चैत १९ गते हुने चुनावमा अखिल नेपाल कानून व्यवसायी संघको तर्फबाट बागमती प्रदेशको उपाध्यक्ष पदमा राजेन्द्र शर्माले उम्मेदवारी दिएका छन्।
केन्द्रीय समितिमा एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, एक जना महासचिव, एक जना कोषाध्यक्ष, दलित १ जना, मधेसी र मुस्लिम २ जना, आदिवासी जनजाति २ जना, महिला २ जना, उपत्यका बाहिरको १ जना र खुलाबाट ६ जना गरी १४ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।
उम्मेदवारी दर्ता गर्दै उपाध्यक्षका उम्मेदवार शर्माले संघीयता र एमसीसीका विरुद्ध तथा स्वतन्त्र न्यायपालिकाको पक्षमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले एजेन्डा मिल्ने समूहसँग गठबन्धन गर्न सकिने बताएका छन्।
काठमाडौंको कागेश्वरी मनोहरा, डाँछी घर भएका शर्मा अखिल नेपाल कानून व्यवयायी अन्लाका केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा रहेको छ। उनि विगत १८ वर्षदेखि कानून व्यवसायमा संलग्न रहँदै आउनुभएको छ । बार एसोसिएसनको स्थापना विसं २०१३ सालमा भएको थियो, अहिले २६औं चुनाव हुन गइरहेको छ।