भक्तपुरको चाँगुनारायण नगरपालिका– ७ स्थित बागरेमा मृत्य अवस्थाम मंगलबार विहान भेटिएकी महिलाकाे पहिचान खुलेकाे छ।
मृतक महिलाको नाम जेनिसा नगरकोटी रहेको प्रहरीले जनाएको छ।
‘विहान बागरेमा मृत भेटिएकी महिलाकाे नाम जेनिसा नगरकाेटी रहेकाे भन्ने खुलेकाे छ। त्यससँगै हामी घटनाकाे थप अनुसन्धानमा लागेका छाैँ,’ महानगरीय प्रहरी परिसर भक्तापुरका डीएसपी राजु पाण्डेले भने।
उनी घाँटीको अगाडिको भागमा हतियारको गहिरो चोट लागेकाे अवस्थामा भेटिएकी थिइन्।