भक्तपुरको चाँगुनारायण नगरपालिका– ७ स्थित बागरेमा महिलाको हत्या भएको छ।
झण्डै ४० वर्षकी महिला हत्या गरिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएकाे छ।
बागरेस्थित खेतमा बनाएको टिनको टहरोमा मृत अवस्थामा भेटिएकी महिलाकाे पहिचान नखुलेकाे डिएपी राजु पाण्डेल बिएल नेपाली सेवालाई बताए।
मृतकको घाँटीको अगाडिको भागमा हतियारको गहिरो चोट छ।