काठमाडौंको नागार्जुन नगरपालिकास्थित रामकोटमा एकै परिवारका पाँच जनाले विष खाएका छन्। विष सेवनबाट नागार्जुन नगरपालिका– ६ डाँडापौवामा डेरा लिएर बस्ने सुवर्णमान प्रधानको मृत्यु भएको छ।
परिवारका ५ सदस्यले विष सेवन गरेको र एकजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंकाले जनाएकाे छ।
प्रहरीकाअनुसार भीम प्रधान, मन्दिरा डंगोल, इन्द्रमाया प्रधान र सुप्रेणा प्रधानको उपचार भइरहेको छ।
विशेष सूचनाका पाएर साेमबार राति करिब साढे ९ बजे प्रहरी घटनास्थाल पुग्दा उनीहरूले घरकाे चेनगेट लगाएर विष सेवन गरी सख्त विरामी अवस्थामा फेला परेकाे महानगरीय प्रहरी परिसर काठमाडाैँका प्रमुख एसएसपी सुदीप गिरीले बिएल नेपाली सेवालाई जनाकारी दिए।
उनीहरु डा.उद्धव पुरीको घरमा डेरामा बस्दै आएका थिए।
विष सेवन गर्नुको कारण खुलिनसकेको प्रहरीले जनाएकाे छ। घटनाकाे अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ।