पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फलुमति देवी चौधरीबीच कुटाकुट भएको छ।
उनीहरुबीच विवाद बढ्दै गएपछि कुटाकुट भएको हो।
विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारे जानकारी माग्दा अध्यक्षसहित वडाअध्यक्षको समूहले आफूलाई हातपात गरेको उपाध्यक्ष चौधरीको आरोप छ। सो कुटपिटले चोटपटक र डाम बसेको समेत उनको दाबी छ।
तर अध्यक्षले भने आफूले नभई उपाध्यक्षले आफूमाथि पानीको बोत्तलले हानेर दुव्र्यहार गरेको बताएका छन्।
त्यस्तै उपाध्यक्षले अध्यक्षलाई चप्पलले समेत हिर्काएको कर्मचारीहरुको भनाई छ।