नेकपा (एमाले) गौशला नगर कमिटीले संगठन निर्माणलाई तिव्रता दिने भएको छ।
एमाले पोलिटब्युरो सदस्य तथा महोत्तरी जिल्ला इञ्चार्ज रामदयाल मण्डल, केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला अध्यक्ष टेकबहादुर बलम्पाकी र केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला सहइञ्चार्ज बुधुनीदेवी महतोको उपस्थितीमा बसेको गौशला नगर कमिटीको बैठकले नगरका १२ वटै वडा र टोलहरूमा संगठन निर्माणलाई तिव्र बनाउने अनौपचारिक निर्णय गरेको हो।
१२ मध्ये १० वटै वडामा वडाकमिटी गठन भइसकेको छ, एमाले गौशला नगर कमिटी अध्यक्ष अजय कुशवाहले भने, 'बाँकी रहेका २ वटा वडामा र प्रत्येक टोलमा टोल कमिटीहरू तत्काल गठन गर्ने योजना बनाएका छौँ।'
आज बसेको बैठकले भोलि मंगलबार अन्तरराष्टिय श्रमिक महिला दिवस भव्य रूपमा मनाउने निर्णय समेत गरेको जानकारी दिँदै अध्यक्ष कुशवाहले भने, 'एक हजार महिलाले गौशला बजार परिक्रमा गरेर घैला बजारमा सभा गर्ने निर्णय गरेका छौँ।'
२७ गते बस्ने नगर कमिटीको पूर्ण बैठकले सचिवालय गठन गर्ने, सचिवालय सदस्यहरूलाई जिम्मेवार बाँडफाँड गर्ने अध्यक्ष कुशवाहले जानकारी दिए।
हालै नगरका १२ वटै वडामा विविध साँस्कृतिक कार्यक्रम तथा वृद्ववृद्वा सम्मान कार्यक्रम सम्पन्न गरेको थियो।
एमाले सर्वहाराको पार्टी हो स् नेता मण्डल
एमाले नेता सत्यनारायण मण्डलले एमाले सर्वहारा वर्गको पार्टी भएको बताए।
बैठकलाई सम्बोधन गर्दै नेता मण्डलले भने, 'देशका तमाम सर्वहाराहरूले एमालेलाई अत्याधिक मत दिएर जिताउनुपर्छ, किनबि एमाले नै सर्वहाराको हकअधिकारको लागि लड्ने पार्टी हो।'
कांग्रेस सामन्तहरूले नेतृत्व रहेको यथास्थितीवादी र माओवादी केन्द्र उग्रवामपन्थी पार्टी भएको बताउँदै नगरका नेता कार्यकर्तालाई निर्देशन दिँदै नेता मण्डलले भने, 'स्थानिय चुनावमा पार्टी होमिईसकेको छ। गाउँगाउँमा जानुस् सर्वहाराहरूलाई संगठित गर्नुस् र एमालेलाई अत्याधिक मतले जिताउनुस्। अहिलेको कार्यभार यही हो।'