परराष्ट्रमन्त्री ड।. नारायण खड्का मंगलबार टर्की जाने भएका छन् ।
टर्कीको विदेश मन्त्रालयले यही मार्च ११ देखि १३ सम्म आयोजना गर्ने एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।‘विज्ञहरुको भेलामा सहभागी हुन भोली टर्की जाँदैछु,’ परराष्ट्रमन्त्री डा। खड्काले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने।
टर्की भ्रमणका बेला त्यहाँका समकक्षिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनले जनाए, भेटवार्तामा आपसी हितका विषयमा छलफल गरिने उनले बताए।फोरममा थुप्रै देशका विदेशमन्त्रीलाई निमन्त्रणा गरिएको छ। अन्य देशका विदेशमन्त्रीसँग पनि भेटघाट गर्ने उनले जनाए।
टर्कीको विदेश मन्त्रालयले फोरममा सहभागी हुन युद्धरत रुस र युक्रेन दुवै देशका विदेशमन्त्रीलाई समेत निम्तो दिएको छ।