पल शाह प्रकरणमा पीडित नाबागकाे चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा तस्विर सार्वजनिक गर्ने ललितपुरका विकास महर्जनलाई प्रहरीले पक्राउ गरेकाे छ। उनलाई साेमबार दिउँसाे काठमाडाैँबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
विद्युतीय काराेबार ऐन २०६३ अन्तर्गत कसुर गरेकोले जिल्ला अदालत काठमाडौँको अनुमतिमा पक्राउ गरिएको नेपाल प्रहरीकाे साइबार ब्यूराेले बिएल नेपाली सेवाई जानकारी दिएकाे छ।
२९ वर्षीय दिपु भनेर चिनिने उनी ललितपुर उपमहानगर पालिकाका स्थायी बासिन्दा हुन्।
जिल्ला अदालत काठमाडाैँकाे आदेशमा थप पाँच दिन म्याद थप गरी आवस्यक अनुसंधान सुरू गरिएकाे ब्यूराेका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए।