‘ज्ञान नै शक्ति श्रम नै भक्ति’ भन्ने मुल नाराका साथ इन्जिनियरहरुको पेशागत हकहित र प्राविधिक सुधार गर्ने उद्देश्यका साथ सन् २०१९ मा स्थापना भएकाे नेपाल इन्जिनियरिङ एसोसिएसनकाे ३३औं कार्यसमिति, नेपाल ईन्जिनियरिङ परिषद् र सातै वटा प्रदेशहरुको दोस्रो कार्यकरणी समितिकाे निर्वाचन यही फागुन २७ मा हुँदैछ।
उक्त मितिमा निर्वाचन गर्ने निर्णय सँगै देशभरका हजारौं ईन्जिनियरहरु माझ विभिन्न पदमा कसले बाजी मार्ला भनेर जोड घटाउ सुरु भएको छ।
०००
इतिहासलाई सरसर्ती हेर्दा एनइएमा २२औँ कार्यकरणीसम्म सहमतिका आधारमा नेतृत्व चयन हुने गरेको पाइएको छ। भने, त्यसपछि भने निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने गरेको छ। मुलतः नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था सिडेनले सुरुवाती केही समयसम्म आफ्नो वर्चस्व जमाउँदै आएको थियो।
आफ्ना मुल मुद्दालाई आत्मसात गर्दै समग्र ने.इ .ए को आफ्नै छुट्टै पहिचान बनाउँदै काम गरिराखेका सिडेन केही वर्षयता विभिन्न स्वार्थका नाममा गरिएको गठबन्धनका कारण आफ्नो वर्चस्व गुमाउँदै आएको छ। प्रगतिशिल समूहका उम्मेदवारहरुले चुनाव जित्नका लागि मात्रै विभिन्न तहका गठबन्धन बनाई लोकतान्त्रिक समूहलाई कडा टक्कर दिईराखेको पाइन्छ।
ने.इ.ए.का मुल उद्देशलाई नै आत्मसाथ नगरी गराइएका यस्ता गठबन्धन लामो समयसम्म न त टिक्न नै सकेको पाइन्छ कुनै उल्लेखनीय काम गरेका पाइन्छ। समग्र इन्जिनियरिङ्ग संस्थाको साख: जोगाउन र इन्जिनियरिङ्ग क्षेत्रकै भलोको लागि आउँदो निर्वाचनमा सिडेनलाई भोट दिन अत्ति आवश्यक ठानिएको छ।
ने.इ.ए मा सिडेनलाई नै भोट किन ?
सम्पूर्ण इन्जिनियर समुदायबीच समझदारी, एकता तथा व्यवसायप्रतीको प्रतिबद्धताले मात्र ने.इ.ए एक मजबुत, गतिशील तथा प्रभावकारी संस्थाको रुपमा विकास हुन सक्छन। त्यस्तै इन्जिनियरहरुसँग रहेको ज्ञान, सीप, अनुभव र दक्षताको उच्चतम प्रयोग्र गर्दै नेपाली जनताको जीवनस्तर उकास्नु नै इन्जिनियरिङ्ग आदर्श सिडेनका मुल मान्यता हुन्।
विगतमा फर्केर हेर्दा नेपाल इन्जिनियरिङ्ग परिषद्को स्थापना गर्नदेखि नयाँ र युवा इन्जिनियरहरुलाई उद्दमशील तथा आत्मनिर्भर बनाउनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न मुख्य भूमिका सिडेन कै अग्रजहरुले गरेको देखिन्छ। त्यस्तै साउन ३ लाई इन्जिनियर दिवसको रुपमा विशेष कार्यक्रम गरी मनाउने परम्पराको सुरुवात गर्नदेखि ने.इ ए को केन्द्रीय भवन निर्माण जस्ता मुख्य कामहरु सिडेनबाट नेतृत्वमा गएका अग्रजहरुले गरेको देखिन्छ।
आफ्नो दुई वर्षको कार्यकालमा कोभिडले देशको अर्थतन्त्र विकास निर्माण र इन्जिनियरिङ्ग पेसामा पारेको प्रभावका बस्तुगत अध्यन गरी आवश्यक पहलकदमी लिनु नै सिडेनको मुख्यकाम हो।
त्यस्तै खस्किँदो इन्जिनियरिङ्ग पढाइलाई गुणस्तरीय इन्जिनियरिङ्ग शिक्षाका रुपमा विकास गर्दै इन्जिनियरका सेवा सुविधा तथा क्षमताको अभिवृद्धि र बेरोजगार इन्जिनियरहरुको समस्यालाई सम्बोधन गर्ने लक्ष्य राख्नु नै दुई वर्षे कार्यकालकाे मुख्य काम हाे।
३१औं कार्यसमितिले स्टाफ कलेज निर्माण गर्ने मुद्दा अगाडि बडाउँदा बडाउँदै समय सकिएको तर ३२औँ कार्यसमितिले नगरेको कामलाई निरन्तरता दिने र क्षमता अविवृद्धि गर्ने कामलाई विशेष प्राथमिकताका रुपमा राख्नुपर्छ।
दु:खका साथ भन्नुपर्दा, अहिले एसोसियसनले कोही इन्जिनियरहरुको समस्यामा अथवा कसैले इन्जिनियरमाथि बिना कसुर कारबाही गरिरहेको छ भने एसोसियसनले एउटा विज्ञप्तिसमेत जारी गर्न सकिरहेको छैन। हाम्रो नेतृत्वले हाम्रा लागि उपयुक्त कदम चाल्न नसकेको पनि देखिएको छ। यस्ता समस्यालाई न्यूनीकरण गरी इन्जिनियरिङ्ग संस्थाको साख: जोगाउन सिडेनले मात्रै सक्दछ।