मिथिला परिक्रमा क्रममा एक तीर्थालुको मृत्यु

मिथिला माध्यमिकी परिक्रमा यात्रारत एकजना तीर्थालुको मृत्यु भएको छ।

महोत्तरीको मट्टीहानीमा नुहाउने क्रममा एक्कासि बेहोस भएर स्थानीय अस्पतालमा उपचारका क्रममा प्रमिलादेवी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

उनी भारतको बिहारको मधुबनी जिल्लास्थित बासोपाट्टीकी निवासी रहेको आफन्तले बताएका छन्। महिलाको शव जलेश्वरस्थित सान्ती कम्युनिटी अस्पतालमा राखिएको छ।

आइतबार मात्र मिथिला परिक्रमा मट्टीहानी आइपुगेको थियो। आज पाँचौं दिन तीर्थालुहरूको ठूलो समूह मट्टीहानीबाट जलेश्वर प्रस्थान गरेको छ। आज जलेश्वरमा बास बसेर भोलि तीर्थालुहरु मडडइ जाने छन्। तीर्थालुहरूको व्यवस्थापनलाई ध्यान दिँदै आज जलेश्वरमा सार्वजनिक बिदासमेत दिइएको छ। 

प्रकाशित मिति: : 2022-03-07 16:19:00

प्रतिकृया दिनुहोस्