श्रीमतीलाई एसिड प्रहार गर्ने गुभाजु पक्राउ

File Photo
File Photo

श्रीमतीलाई एसिड प्रहार गर्ने श्याम गुभाजु पक्राउ परेका छन्। भक्तपुरको सूर्यबिनायक नगरपालिका–४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षीय गुभाजुले श्रीमतीलाई एसिड प्रहार गरी कुटपिटसमेत गरेका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरले गुभाजुले श्रीमतीमाथि केमिकल (रसायन) शरीरमा प्रहार गरी घाइते बनाएको जनाएको छ।

एसिड प्रहार भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीले घाइतेलाई बर्न अस्पताल कीर्तिपुर लगिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए।

प्रकाशित मिति: : 2022-03-07 12:31:00

प्रतिकृया दिनुहोस्