सरकारले स्थानिय चुवाव मिति तोकेपछि राजनीतिक दलहरु चुनाव केन्द्रीत भएका छन्। त्यही शिलसिलामा राप्रपा मकवानपुरले स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रम सुरु गरेको छ ।
चुनाव नजिकिँदै गर्दा राप्रपाले आगामी चैतमा नै उम्मेदवार तोक्ने घोषणा गरी तयारी अगाडि बढाएको छ।
राप्रपाको हालै बसेको बैठकले फागुनभित्र जिल्लाका सबै वडाको बैठक सक्ने र चैत्र पहिलो सातासम्ममा उम्मेदवार छनौट गर्ने निर्णय गरेको राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए।
राप्रपाले चैत्रभित्र टोल कमिटी निर्माण गरी उम्मेदवारहरूलाई निर्वाचन केन्द्रित पहिलो चरणको घरदैलो तथा प्रचारप्रसारमा पठाउने कार्यक्रम तय गरेको छ ।