बाँकेकाे बहादुरपुरबाट पेस्तोलसहित ३ जना लागूऔषध काराेबारी पक्राउ

बाँकको खजुरा गाउँपालिका वडा नं. १ बहादुरपुरबाट पेस्तोलसहित ३ जना लागूऔषध कारोबारी पक्राउ परेका छन्। प्रहरीले बहादुरपुर बस्ने गल्क्षी भनिने रबिन्द्र थापाको घरबाट तीन जनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वर्ष २५ का थापासहित खजुरा २ बस्ने वर्ष २७ का मनिस थापा र  नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ भृकुटीनगर बस्ने वर्ष  २८ का सुरेश रोका मगर रहेका छन्।

रबिन्द्र थापाको घरमा लागूऔषध काराबार भइरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आइतबार साँझ करिब साढे ७ बजे पक्राउ गरेको हो।

पक्राउ परेकाको साथबाट प्रहरीले एउटा कालो कलरको म्याग्जिन नभएको अटोमेटिक पेस्तोल र ९० ग्राम लागूऔषध ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए। 

उनले पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको बताए।

प्रकाशित मिति: : 2022-03-07 08:36:00

प्रतिकृया दिनुहोस्