राम्राेसँग काम नगर्ने दुई प्रहरी जागिरबाट निकालिए

File Photo
File Photo

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले कार्यसम्पादनमा चित्त नबुझेको भन्दै दुई गाउँ प्रहरीलाई सेवाबाट निकालेको छ।

तीन जना गाउँ प्रहरी भर्ना गरिएकामा हाल एक जना गाउँ प्रहरी मात्र कार्यरत रहेको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए। ऐसेलखर्क गाउँपालिकाले २०७६ साल फागुन १४ तीन जना गाउँ प्रहरी भर्ना गरेको थियो। गाउँ प्रहरीलाई कार्यालय सहयोगी स्वसरह सेवा सुविधा पाउनेगरी भर्ना गरिएको थियो।

रिक्त दरबन्दीमा गाउँ प्रहरी भर्नाका लागि विज्ञापन खुलाउने तयारी गरिए पनि चुनावको मुखमा नकारात्मक आक्षेप आउने भएकाले भर्ना रोकिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए। गाउँपालिकाले चार जना गाउँ प्रहरीको दरबन्दी सिर्जना गरेको छ।

गाउँ प्रहरीले हाल कार्यालयमा हुने भीडभाड नियन्त्रण गर्ने, ऐसेलुखर्क बजारमा सडक पेटीमा सामान राखेर बिक्री गर्न, निर्माण सामग्री राखेर आवागमनमा अवरोध पुर्‍याउनमा रोक लगाउने गरेको छ। यस्तै, बजारमा हुने अनियमितता नियन्त्रण गर्दै बजारलाई अनुशासित राख्नका लागि गाउँ प्रहरीले माइकिङ गर्ने, सिट्ठी बजाउँदै हिँड्ने लगायतका भूमीका निर्वाह गरिरहेको गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति: : 2022-03-07 06:16:00

प्रतिकृया दिनुहोस्