देशको सामाजिक सञ्जाल बलात्कारको आरोपमा थुनामा रहेका पल शाहको पक्षमा तातिरहेको बेला त्यसको साइड इफेक्ट अर्घाखाँचीमा देखिएको छ। त्यहाँका एक शिक्षक पनि पलको जस्तै हर्कत गरेको आरोपमा प्रहरी हिरासतमा पुगेका छन्। उनी १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन्।
मालारानी गाउँपालिकास्थित एक मावि स्तरको विद्यालयमा अध्यापन गराउने शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको जाहेरी परेको छ, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनाल भन्छन् ।
आरोपी शिक्षकलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धानपश्चात् अर्घाखाँची जिल्ला अदालतमा पेस गरिएको बताउदै प्रहरी निरीक्षक खनाल भन्छन्, 'अहिले अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भैरहेको छ।'
यो घटनालाई लिएर एक शिक्षक भन्छन्, ' पल शाह प्रवृतिलाई समर्थन गर्ने हाम्रो समाजका अन्धसमर्थकहरूकै कारण यस्ता घटना घटाउनेहरूको मनोबल बढेको हो। व्यभिचारीहरूमा आखिर समाजले राम्रै ठान्ने रहेछ भन्ने परेको छ।'