वामपन्थी नेता कृष्णराज बर्माको निधन

वामपन्थी नेता कृष्णराज बर्माको निधन भएको छ। ९३ वर्षको उमेरमा बर्माको आइतबार साँज उपचारको क्रममा निधन भएको हो। 

स्वास्थ्यमा समस्या आएपछि बर्मालाई ओम अस्पताल भर्ना गरिएको थियो। त्यहाँबाट उनलाई बुधबार ह्याम्स अस्पताल लगिएको थियो।  उनको छातीमा इन्फेक्सन भएको थियो।

उनी २००७ सालको राणा विरोधी आन्दोलनमा सामेल भएका थिए।  उनकै नेतृत्वमा वाम घटकहरू २०४६ सालको जनआन्दोलनमा सहभागी भएका थिए।

प्रकाशित मिति: : 2022-03-06 21:00:00

प्रतिकृया दिनुहोस्