१ कराेड ५० लाख हुण्डी रकमसहित न्यूरोडबाट एक व्यक्ति पक्राउ

काठमाडाैँबाट १ कराेड ५० लाख हुण्डी रकमरहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको न्यूरोडबाट अमित अग्रवाललाई उक्त हुण्डी रकमसहित पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले जानकारी दिए।

‘अहिले न्युराेडमा खटिएकाे हाम्राे टाेलीले १ कराेड ५० लाख बढी हुण्डी रकमसहित अमित अग्रवाल भन्ने व्याक्तिलाई पक्राउ गरेकाे छ,’ एसएसपी वसन्त कुँवरले बिएल नेपाली सेवासँग भने। 

प्रकाशित मिति: : 2022-03-06 19:50:00

प्रतिकृया दिनुहोस्