नेवानिलाई साउदी अरेबिया उडानको अनुमति

File photo
File photo

 साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको छ। 

साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले आज नेवानिलाई आज उडानको अनुमति दिएको हो। 

जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ।

यसैबीच नेवानिले आज एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ। 
 

प्रकाशित मिति: : 2022-03-06 19:38:00

प्रतिकृया दिनुहोस्