बाँतर समुदायको पहिलो डाक्टर अर्जुन

File photo
File photo

सप्तरीका सरदार(बाँतर)समुदायबाट मुलुकमै पहिलो एमबीबीएस डाक्टर बनेका छन्। 

कञ्चनरुप नगरपालिका–८का अर्जुन सरदार बाँतर समुदायका पहिलो डाक्टर बनेको हो। उनी डा  भएपछि परिवार र गाउँमा खुशीयाली छाएको छ।

अर्जुनले एमबीबीएसमा सफल भएपछि समग्र बाँतर समुदायका लागि प्रेरणाको श्रोत बनेको स्थानीय शोभालाल सरदारले बताए।

डाक्टर सरदार हुने बिरूवाको चिल्लो पात भने झै सानै देखि मेहनति थिए। बिपन्न परिवारमा जन्मेका डा सरदारको परिवारको अवस्था एकदमै दयनीय थियोे। उनले आमाको मेहनतकोले आफू डा. बन्न सफल बन्न सकेको बताए।

नेपालको बाँतर समुदायमा पहिलो डा.बन्न सफल भएकोले गाउँ नै खुशी छ। 'हाम्रो समुदायमा म मात्रै डाक्टर भएर पुग्दैन। म जस्तै यस समुदायका भाइ बहिनीहरू पनि डाक्टर बन्नुपर्छ' सरदारले भने।

बाँतर समुदायमा पहिलो एमबीबीएस  डाक्टर बन्न सफल भएकोले गाउँ घरमै बिरामीहरुलाई सेवा गर्नु पर्ने छिमेकीहरूको भनाइ रहेको छ। स्थानीय सुनिता कुमारी सरदारले  भनिन्,´बाँतर समुदाय समुदायमा अर्जुन जस्तै अरु बाँतर समुदाय अगाडी बढ्न जरुरी छ।' 

दलित समुदायले आफना छोरा छोरीहरुलाई ५ देखि १० कक्षा सम्म पढाएर बिवाह गर्ने प्रबृत्तिको अन्त्य गरेर उच्च शिक्षामा जोड दिनुपर्ने स्थानीय राजकुमार पासवानले बताए । सुधा देव

प्रकाशित मिति: : 2022-03-06 18:20:00

प्रतिकृया दिनुहोस्