सर्केगार्डको तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना

हुम्ला जिल्लाको मध्य क्षेत्र सर्केगाड गाउँपालिका वडा नम्बर १ तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ।

सर्केगाड गाउँपालिका वडा नम्बर १ तुम्चमा करीब तीन महिना अघिदेखि स्थापना भएको प्रहरी पोष्टले नागरिकलाई सहज बनाएको स्थानीय कालि बहादुर मल्लले बताए।

छिमेकी जिल्ला मुगुसँग सिमाना जोडिएको हुँदा उक्त क्षेत्रमा प्रहरीको माग रहेपछि सो अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताए। 

सर्केगाड गाउपालिका तुम्चका स्थानीय नागरिकको धेरै वर्ष अघिदेखिको माग अनुसार अहिले अस्थायी प्रहरी पोष्ट स्थापना भएको प्रहरी नायव उपरीक्षक शर्माले बताए। 

यस क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापना भएदेखि उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सहज भएको उनले बताए। हाललाई भाडाको घरमा प्रहरी पोष्ट सञ्चालनमा आएको छ। पोष्टको एक वर्षको घरभाडा गाउँपालिकाले व्यहोर्ने जनाइएको छ।

पोस्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा दश जना प्रहरी कार्यरत रहेका छन्। 

यसअघि उक्त स्थानमा बेलाबेलामा प्रहरी गस्तीमा जाने गरेको थियो। गस्तीमा जान चारदेखि एक दिन पैदल लाग्ने गर्छ। प्रहरी नायब उपरीक्षक शर्माले अब प्रहरी पोष्ट स्थापना भएपछि जनता र सुरक्षाकर्मी दुवैलाई सहज हुने बताए। उक्त अस्थायी प्रहरी पोष्टले हाल सर्केगाड र अदानचुली गाउँपालिकालाई केन्द्रित गरेको छ। सुरेस परियार

प्रकाशित मिति: : 2022-01-23 20:43:00

प्रतिकृया दिनुहोस्