कोरोनाविरुद्धको खोप लगाएको केही बेरमै एक जनाको मृत्यु

Symbolic photo
Symbolic photo

कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही बेरमै एक जनाको ज्यान गएको छ।

जिल्लाको कैलारी गाउँपालिका–४ ‘के’ गाउँका ५३ वर्षीय रामदास डगौराको कोरोनाविरुद्धको खोप लगाएको केही बेरमै ज्यान गएको हो।

स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका डगौराको घर जाने क्रममा मृत्यु भएको हो।

वडाध्यक्ष भिखराम चौधरीले खोप लगाएको केही बेरमै बाटेमै लडेर उनको मृत्यु भएको बताए। लडेकै ठाउँमा उनको मृत्यु भएको बताइएको छ।

प्रकाशित मिति: : 2022-01-23 19:33:00

प्रतिकृया दिनुहोस्