प्रचण्डले बोलाए केन्द्रीय समिति बैठक, स्थायी समिति र पोलिटब्यूरोको निर्वाचन गर्ने 

File Photo
File Photo

कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै स्थगित गरिएको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बोलाइएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिपत्र जारी गर्दै माघ २७ गतेका लागि आह्वान गरिएको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो एवं स्थायी समितिको गठन र बाँकी पदाधिकारीहरूको निर्वाचन गर्ने जानकारी गराएका छन्।

सोही बैठकले केन्द्रीय समितिका सदस्यहरुको कार्य विभाजनसहित महाधिवेशनले पारित गरेको कार्यदिशा अनुरुप कार्ययोजना निर्माण गर्ने र तत्कालीन परिस्थितिको समीक्षा गरेर थप निर्णय लिइने प्रचण्डले भनेका छन्।

यसअघि माघ ८ र २५ लागि बोलाइएको बैठक कोरोनाको कारण स्थगित भएको थियो।

आगामी स्थानीय तहदेखि प्रतिनिसभा सदस्य निर्वाचनको विषयमा पनि बैठकमा छलफल गर्ने अध्यक्ष प्रचण्डले परिपत्रमा उल्लेख गरेका छन्। 

प्रकाशित मिति: : 2022-01-23 17:50:00

प्रतिकृया दिनुहोस्