क्वारिन्टिनकाे अनुगमन

File Photo
File Photo

हुम्लाको सदरमुकाम सिमकोटस्थित रानी बन क्वारिन्टिनको सरकारी टोलीले अनुगमन गरेको छ। शुक्रबार ३१ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा नौ जनालाई संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमितलाई संक्रमण पुष्टिपछि रानी बनमा रहेको क्वारेन्टाइनमा राखिएको छ।

सरकारी टोलीले संक्रमितको स्वास्थ्य अवस्था बुझ्न र क्वारिन्टिनमा गरिएको व्यवस्थाको अनुगमन गरेको हो।

जिल्ला कोभिड संकट व्यवस्थापनका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वको टोलीले अनुगमन गरेको हो।

प्रकाशित मिति: : 2022-01-23 13:45:00

प्रतिकृया दिनुहोस्