भक्तपुरमा एकै घरमा तिन जना बेहोस अवस्थामा भेटिए

File Photo
File Photo

भक्तपुर सुर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चा स्थित भावना थापाको घरमा २ बर्ष देखी डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिकाका अभिषेक रम्तेलको परिवार बेहोस अवस्तामा फेला परेको छ। शुक्रबार बेलुका खाना खाएर सुतेका तिन जनाको परिवार शनिबार बिहान बेहास अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।

शुक्रबार बेलुका खाना खाएर सुतेको रम्तेल, उनको श्रीमती बर्ष २८ वर्षिया पसुना तामाङ र ३ महिनाको छोरा बेहोस अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बेहोस फेला परेको तिनै जनाको मध्यपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका बारेमा अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: : 2022-01-23 13:38:00

प्रतिकृया दिनुहोस्