ज्येष्ठ नागरिकलाई न्यानो कपडा

File photo
File photo

सप्तरीको कञ्चनरुप नगरपालिकाले अत्यधिक चिसो बढेपछि ६० वर्षमाथिका असहाय, दलित, गरिब र विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ।

प्रत्येक वडाका तीन सय जनालाई न्यानो कपडा वितरण गरेको कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रले बताए। कञ्चनरुप नगरपालिकामा १२ वडा छन्। चिसोमा जोगाउन ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप न्यानो कपडा वितरण गरिएको उनले बताए। 

शीतलहरका कारण यहाँको जनजीवन प्रभावित भएको छ। यसअघि १२ वटै वडामा दुई हजार दलित, असहाय, गरिब र विपन्न नागरिकलाई सिरक तथा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको थियो। नगरपालिका भित्रका मुख्य बजार क्षेत्रमा आगो ताप्नका लागि दाउरासमेत वितरण गरिएको छ। 
 

प्रकाशित मिति: : 2022-01-21 13:52:00

प्रतिकृया दिनुहोस्