लिम्बूवानले भन्यो- मधेशलाई बधाई, प्रदेश १ को नाम कोशी र सगरमाथा ल्याए आन्दोलनको आँधीबेरी 

Breaknlinks
Breaknlinks

संघीय लोकतान्त्रिक राष्टिय मञ्च (लिम्बूवान) ले प्रदेश नं. २ को नामकरण ‘मधेश प्रदेश’ हुनुले प्रदेश १ लाई लिम्बुवान, किरात, खम्बुवान, शेर्पाकाे पक्षमा हुनुपर्छ भन्ने कुरामा बल पुगेको बताएको छ।

महासचिव अशोक चेम्जोङले विज्ञप्ति जारी गर्दै पहिचानबादी सांसदहरुलाई लिम्बुवान, किरात, खम्बुवान, शेर्पाको पक्षमा मतदान गर्ने हिम्मतका साथ तयार रहन आग्रह गरेका छन्।  प्रदेश १ को नामकरण लिम्बूवान किराँत राखे पहिचान पनि भेटिने द्वन्द्व पनि मेटिने उनले बताए।

‘मधेश प्रदेश पारित गराउन महत्वपूर्ण भूमिका खेल्ने जसपा, लोसपा, माओवादी केन्द्र र पहिचानविरोधी पार्टीको फ्लोर क्रस गरेर मधेशको पक्षमा भोटिंग गर्न हिम्मत गर्ने १९ जना संसदहरुलाई हार्दिक धन्यवाद एबम् बधाई ज्ञापन गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

‘यसरी नै दलित प्रान्त, तामाङसालिङ, नेवा, तमुवान, मगरात, खसान, थरुहट प्रान्तहरु निर्माण हुनुपर्छ भन्ने मञ्चको मागलाई मधेश नामकरणले बल पुगेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश १ को संसदभित्र रहनुभएका सम्पूर्ण पहिचानबादी माननीय सांसदहरु लिम्बुवान, किरात, खम्बुवान, शेर्पाको पक्षमा मतदान गर्ने हिम्मतका साथ तयारी रहनु होला। प्रदेश नं. २ जस्तै पहिचानविरोधी पार्टीहरुको फ्लोर क्रस गर्न तयार रहनु होला।’

पहिचानको आधरमा प्रदेश नम्बर २ को नामाकरण भएको महासचिव चेम्जोङले बताएका छन्।

उनले अब फेरि प्रदेश न १ को नामाकरण कोशी र सगरमाथा ल्याएर अलमलाउने दुश्प्रयास भए आन्दोलनको आँधीबेरी खेप्न तयार हुन चेतवानी दिए।

‘चाडोभन्दा चाडो बागमती, गण्डकी जस्ता पहिचानविरोधी नामहरुलाई फाल्दैनौँ भने अब पहाडमा आगो लाग्नेछ’ , उनले भने, ‘अब पहाडमा सल्कने पहिचान क्रान्तिले को-कसलाई कहाँ कहाँ पुर्याउने हो, समयमा नै सचेत हुन अनुरोध गर्दछौँ।’ 


 

प्रकाशित मिति: : 2022-01-18 11:09:00

प्रतिकृया दिनुहोस्