अर्घाखाँचीमा थपिए ३८ संक्रमित

बिएल संवाददाता

अर्घाखाँची

अर्घाखाँची जिल्लामा आज एकै दिन ३८ जना कोरोना संक्रमित थपिएका छन्। आज ३८ जनामा संक्रमण पुष्टि भएसँगै अर्घाखाँची जिल्लामा सक्रिय संक्रमित संख्या ६४ पुगेको छ।

आज सबैभन्दा धेरै सन्धिखर्क नगरपालिकामा संक्रमित थपिएका छन्। सन्धिखर्क नगरपालिकामा २७ जनामा संक्रमण पुष्टि हुँदा शितगंगा नगरपालिकामा नौ जना थपिएका छन्। त्यस्तै मालारानी र पाणिनी गाउँपालिकामा एक/एक जना संक्रमित थपिएका छन्।

यससँगै अर्घाखाँची जिल्लामा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ४ हजार ५ सय ६९ पुगेको छ भने अर्घाखाँचीमा हालसम्म कोभिडबाट ९१ जनाले ज्यान गुमाएका छन्। हरिप्रसाद भुसाल

प्रकाशित मिति: : 2022-01-17 21:08:00

प्रतिकृया दिनुहोस्