सर्वोच्चको फुलकोर्ट बस्दै, राणा सहभागी नहुने

File photo
File photo

सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन्। तर बैठकमा उनी भने सहभागी हुने छैनन्। 

कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो। न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय बैठक बस्न लागेको हो। 

प्रधानन्याधीशको राजीनामा न्यायाधीशहरुले माग्दै आएका कारण राणा भने बैठकमा नबस्ने जनाइएको छ। उनी बैठकमा नबसेपछि निर्णय कार्यान्वयनका लागि भने उनले हस्तारक्ष गर्ने छन्। 

प्रकाशित मिति: : 2022-01-17 20:58:00

प्रतिकृया दिनुहोस्