दाङमा कोरोना संक्रमित एक महिलाको मृत्यु

दाङमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपहानगरपालिका ६ की ४१ वर्षीया महिलाको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

ती महिलालाई पुस ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उपचारका क्रममा आज (सोमबार) विहान उनको मृत्यु भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले  जानकारी दिएको छ। यससँगै बैशाखयता दाङमा कोरोनाबाट मृत्युहुनेको संख्या २ सय १९ पुगेको छ।

यसैबीच दाङमा आज थप ४८ जना कोरोना संक्रमित थपिएका छन्। तुलसीपुरको मेट्रो हस्पिटलमा गरिएको एन्टिजेन परीक्षणबाट ४० जना र राप्ती गाउँपालिकामा २० जनामा गरिएको परीक्षणबाट ८ जना गरी ४८ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमित हुनेमा तुलसीपुरका ४० र राप्तीका ८ जना रहेको केन्द्र दाङले जनाएको छ।

यस्तै आज जिल्लामा थप १६ जना कोरोना मुक्त भएका छन्। मुक्त हुनेमा तुलसीपुरका १५ जना र घोरोहीका १ जना रहेका छन्। 

जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २ सय ५५ जना रहेको छ भने उनीहरुमध्ये २ सय ५० जना घरमा, १ जना सामान्य उपचारमा र ४ जना आइसियू सहितको उपचारमा रहेको केन्द्रको जानकारी दिएको छ।

प्रकाशित मिति: : 2022-01-17 17:33:00

प्रतिकृया दिनुहोस्