एमालेको सर्कुलर : २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्नू

File Photo
File Photo

एमालेले सर्कुलर जारी गर्दै २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको छ।

कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि सोमबार एमाले केन्द्रीय कार्यालयले सर्कुलर जारी गरेर २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको हो।

साथै पार्टी नेता कार्यकर्ता र जनप्रतिनिधिलाई जनसेवामा खट्न पनि भनेको छ।

यस्तो छ सर्कुलर

नेकपा (एमाले), केन्द्रीय कार्यालयले आज आन्तरिक सर्कुलर जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको छ।

साथै, सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि निर्देशन गरिएको छ।

प्रकाशित मिति: : 2022-01-17 17:21:00

प्रतिकृया दिनुहोस्