मलेसिया बाढी: हजारौं मानिसले छाडे घर [फाेटाे फिचर]

Photo: The Sun

मलेसियमा बाढीका कारण हजारौं मानिसले आफ्नो घर छाडेका छन्। 

सात राज्य बाढीबाट नराम्रोसँग प्रभावित भएको छ। घर छाडेकाहरुले राहत केन्द्रमा शरण लिइरहेको बीबीसीले जनाएको छ। 

आगामी केही दिनका लागि जारी गरिएको पूर्वानुमान सूचनामा भारी वर्षा र ठूला सामुन्द्री छाल आउने सम्भावना रहेको जनाइएको छ। मलेसियामा वर्षको यो महिनामा वर्षा हुने गरेको छ।

बाढीका कारण अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ भने आपतकालिन सेवासमेत ठप्प रहेको छ।

प्रकाशित मिति: : 2022-01-03 06:29:00

प्रतिकृया दिनुहोस्